१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

पालिकाले दियो २ सय १० परिवारलाई विद्युतीय चुलो



  • आफ्नै खबर
  • ६ भदौ २०८१ बिहिबार (३ महिना अघि)
  • पाठक संख्या ५१
  • मुस्ताङ/ लोमन्थाङ गाउँपालिकाको २ वटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमन्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा नं ३ फुवा र वडा नं ४ किमलिङका २ सय १० परिवारलाई निःशुल्क १–१ थान विद्युतीय चुलो वितरण गरिएको छ । उहाँले भन्नुभयो ‘दाउराको विकल्पमा विद्युतीय चुलोको प्रयोग बढाएर वातावरण संरक्षणको प्रयास गरेका हौँ ।’ अध्यक्ष गुरुङ र उपाध्यक्ष छ्युमी विष्टसहित वडाका जनप्रतिनिधिले बुधबार सम्बन्धित वडामा पुगेर चुलो वितरण गर्नुभएको हो  ।

    विद्युतीय चुलो खरिदका लागि गत वर्ष ८ लाख रुपैयाँ विनियोजन गरेको लोमन्थाङ गाउँपालिकाले यस वर्ष पनि बजेट व्यवस्था गरेको र खरिद गरेर बाँकी ३ वटा वडाका सबै परिवारलाई वितरण गरिने जनाएको छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?