२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशत स्थिर ब्याजमा गाडी कर्जा दिने



  • आफ्नै खबर
  • ६ भदौ २०८१ बिहिबार (९ महिना अघि)
  • पाठक संख्या ८८
  • काठमाडौं/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व नजिकिदै जाँदा चाडपर्व उत्सव योजना अन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी(रातो प्लेट) प्रयोजनको लागि कर्जा दिने भएको छ । बैंकले ‘फेस्टिभ अफर अफ भेइकल लोन’ नामक गाडी कर्जा योजना ल्याएको हो । 

    मासीक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतमा १ करोड रुपैंयासम्म कर्जा लगानी गर्ने जनाएको छ । कर्जा रकमको ०.५० प्रतिशत सेवा शुल्क लाग्ने उल्लेख छ । 
    गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडी(इभी)को हकमा बढिमा ८० प्रतिशत र पेट्रोल/डिजेल गाडीको हकमा बढीमा ५० प्रतिशतसम्म कर्जा लगानी गर्ने बैंकले जनाएको छ । बढिमा ७ वर्ष सम्म कर्जा अवधि दिइने यो योजना २०८१ भदौ १ देखि कात्तिक मसान्तसम्म मात्र लागू हुने छ । 

    यो योजना अन्तर्गत कर्जा लिएका ग्राहकको कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने जनाइएको छ ।  निवेदन दिएको ७ कार्य दिन भित्रमा निर्णय दिने यस योजनामा गाडी कर्जा सम्बन्धी अन्य प्रचलित नियमहरु आकर्षित हुने जनाइएको छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने छ । बैंकले हाल देशका ७७ वटै जिल्लामा २ सय ९४ वटा शाखा कार्यालय, ३ सय १० एटिएम र ७३ एक्स्टेन्सन काउन्टर मार्फत सेवा दिइरहेको जनाएको छ ।