२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

संरक्षणको पर्खाइमा ललितपुरको न्हुँ पोखरी



  • आफ्नै खबर
  • ७ भदौ २०८१ शुक्रबार (९ महिना अघि)
  • पाठक संख्या ६२
  • ललितपुर/  ललितपुर महानगरपालिका–५ लगनखेलमा रहेको न्हुँ पोखरीको उचित संरक्षणको पर्खाईमा छ । महानगरपालिकाले ऐतिहासिक सम्पदाको पुनःनिर्माण तथा संरक्षणको पहल गरेपनि यहाँका कतिपय सम्पदा अझै सहि व्यवस्थापनको पर्खाईमा छन् । 

    २०७४ सालको स्थानीय तह निर्वाचनपछि ललितपुर महानगरपालिका–५ का जनप्रतिनिधिको पहलमा न्हुँ पोखरी सरसफाइ गरिएको थियो । २०७६ सालमा उक्त पोखरी संरक्षणका लागि गुरुयोजना तयार गरेर काम सुरु गरिएपनि बजेट अभावका कारण हालसम्म सम्पन्न हुन सकेको छैन ।

    ललितपुर महानगरपालिका–५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले न्हुँ पोखरी संरक्षणको काम थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ऐतिहासिक पोखरी संरक्षणका लागि वडाका तर्फबाट पहल भइरहेको छ । संरक्षणका कामलाई तीव्रता दिनुपर्ने हो, तर प्राविधिक कारणले ढिलाइ भएको छ ।’

    मल्लकालीन समयको न्हुँ पोखरी संरक्षण भएमा लगनखेलको सुन्दरता अझ बढ्ने लगनखेलका स्थानीय राजभाई देउला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी बाल्यकालमा न्हुँ पोखरी छेउमा खेल्ने गर्थ्यौँ धेरै वर्षसम्म पोखरी सुख्खा थियो । स्थानीयको पहलमा अहिले पानी भरिएपनि संरक्षण हुन सकेको छैन । महानगरले छिटो पोखरी संरक्षण गर्नेतर्फ ध्यान दिनुपर्छ ।’

    हाल उक्त पोखरीमा फोहर पानी छ । परिसरमा घाँस उम्रेको छ । पोखरीलाई तारबार गरेर राखिएको छ ।

    -रासस