२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

ग्लोबल आइएमईले एमएडब्लुको विद्युतीय सवारी किन्न कर्जा दिने 



  • आफ्नै खबर
  •     (८ महिना अघि)
  • पाठक संख्या ५९
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्पबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारी भएको छ ।  

    समझदारी पत्रमा बैंकका साना, मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प मोटर्स प्रा.लि.का ग्रुप डाइरेक्टर गोपालकुमार अग्रवालले हस्ताक्षर गरेका हुन् । 

    समझदारी अनुसार एमएडब्लु वृद्धि मोटर्स एवम् एमएडब्लु वृद्धि अटोकर्प मोटर्स तथा कम्पनीका आधिकारिक विक्रेताले विक्री गर्ने विद्युतीय गाडीहरु दीपल, सेरेस र नाम्मी खरिद गर्ने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजातसहित बैंकमा निवेदन दिएको ३ कार्यदिन भित्र सरल ब्याजदरमा कर्जा उपलब्ध गरिने जनाइएको छ । 

    ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले विद्युतीय सवारी साधनलाई सर्वसुलभ व्याजदरमा कर्जा प्रवाह गर्दै आएको उल्लेख छ । बैंकले हाल देशका ७७ वटै जिल्लामा ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरका साथै ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिंदै आएको जनाएको छ ।