काठमाडौं/ टिभिएस मोटर कम्पनीको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीले एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरेका हुन् ।
एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआइ बिएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध रहेको उल्लेख छ ।
साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि यस भेरियन्टमा उपलब्ध छ । एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ तोकिएको छ । अन्य ब्राण्डका ११० सिसिको मूल्य जति नै मूल्य रहेको एनटर्क १२५ सिसिको यो भरियन्ट यती धेरै फिचरहरुका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धी भएको कम्पनीको दाबी छ ।
टिभिएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस् को १ घण्टा भित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्राण्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीले जिकिर गरेको छ । साथमा यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस सिक्स एफआई राइडरहरूको लागि पहिलो चोइस हुने कम्पनीको विश्वास छ ।
नेपालभरका सबै आधिकारिक टिभिएस डिलरहरूमा तथा नाडा अटो शोमा पनि एनटर्क डिस्क बिएस सिक्स एफआई उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस