१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअको दुःखेसो, ‘बोर्ड पनि फेर्न सकिएन’



  • आफ्नै खबर
  • २१ भदौ २०८१ शुक्रबार (३ महिना अघि)
  • पाठक संख्या ७९
  • दाङ/  तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको बालकल्याण प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ।

    ‘यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्’, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भन्नुभयो, ‘न्यून आय भएका विद्यार्थीले पढ्ने विद्यालय बनेको छ ।’

    शिशुदेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ८८ जना विद्यार्थी भर्ना भए पनि ६५ जनामात्र नियमित विद्यालय आउने गरेका छन् । २०४५ सालमास्थापना भएको विद्यालय नियमित सञ्चालनमा छ ।

    विद्यालयको आम्दानीको स्रोत पनि त्यस्तै न्यून छ । विभिन्न दाताहरूको सहयोगमा विद्यालय सञ्चालन हुँदै आएको छ । त्यो विद्यालयले बोर्डसमेत फेर्न सक्ने अवस्था छैन । उक्त ठाउँ सङ्घीयतापछि तुलसीपुर–७ नं वडा भए पनि त्यहाँको बोर्डमा अझै ‘तुलसीपुर नगरपालिका–४’ नै लेखिएको छ । जुन बोर्ड सङ्घीयता आउनुभन्दा अघिकै हो ।

    आर्थिक अभावकै कारण बोर्ड पनि फेर्न नसकिएको  प्रधानाध्यापक केसीले बताउनुभयो । अहिले विद्यालयमा ७ जना शिक्षक–शिक्षिका कार्यरत हुनुहुन्छ । उक्त विद्यालयलाई स्थानीय सरकारले पनि गम्भीर रूपमा हेर्नुपर्ने प्रअ केसीले बताउनुभयो ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?