२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

नेपाल बैङ्कमा नगद निक्षेप मेसिन



  • आफ्नै खबर
  • २६ भदौ २०८१ बुधबार (८ महिना अघि)
  • पाठक संख्या ४३
  • काठमाडौं/  आफ्ना ग्राहकलाई नवीनतम डिजिटल बैङ्किङ सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकले नगद निक्षेप मेसिन संचालनमा ल्याएको छ । बैंकले काठमाडौंको न्युरोडमा रहेको आफ्नो मुख्य शाखा कार्यालयमा पहिलो  नगद निक्षेप मेसिन सञ्चालनमा ल्याएको हो । 

    उक्त नगद निक्षेप मेसिनको उद्घाटन पछि बैंकले ग्राहक सेवालाई थप प्रभावकारी तथा डिजिटल मैत्री बनाउँदै अत्याधुनिक बैङ्किङ सेवा विस्तार गर्दै लगिने जनाएकोछ । नयाँ जडान गरिएको मेसिनमा रियल टाइम नगद जम्मा गर्ने सुविधा भएकोले ग्राहकवर्गलाई क्यास काउन्टरबाट मात्र नगद जम्मा गर्नुपर्ने बाध्यता हटेको जनाइएको छ ।  

    हाल बैंकले देशभरमा २ सय २९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २ सय ४ एटिएम काउण्टरमार्फत सेवा दिंदै आएको जनाएको छ ।