२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

 निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छ : अध्यक्ष ढकाल 



  • आफ्नै खबर
  • २९ भदौ २०८१ शनिबार (८ महिना अघि)
  • पाठक संख्या ७०
  • नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध आर्थिक क्षेत्रको प्रगतीको लागि काम गर्न नीतिगत स्थायित्व आवश्यक रहेको वताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसंगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गर्नुभएको हो ।  

    नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ, उहाँले भन्नुभयो, सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाई हुन्छ । 

    ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको बताउनुभयो । उहाँले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको बताउँदै, अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुवैको विश्वासमा गिरावट ल्याउन सक्ने वताउनुभयो । 

    ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

    ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन ८ वटा कानुनमा संसोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराउनुभयो । यसैगरि उच्च विदेशी विनिमय संचिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवद्र्धनमा सहयोग पुर्याउनुपर्ने अध्यक्ष ढकालको आग्रह थियो ।  

    भेटका क्रममा मिसन प्रमुख सरवत जहाँले कोष नेपाललाई सहयोग गर्न आएको वताउनुभयो । निजी क्षेत्रलाई महत्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको पनि उहाँको भनाई थियो ।