काठमाडौं/ साहित्यकार तथा चित्रकार रमेश विकलको सम्झनामा अरुणिमा शैक्षिक प्रतिष्ठान र रमेश विकल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा 'अरूणिमा-रमेश विकल अन्तर विद्यालय स्थलगत बालचित्रकला प्रतियोगिता-२०२४' सम्पन्न भएको छ ।
अरुणिमा शैक्षिक प्रतिष्ठान व्यवस्थापन समिति अध्यक्ष गोपाल बरालको सभापतित्व तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा ३० विद्यालयका ५८ प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
भदौ २९ गते शनिबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कुलपति हार्तम्छाली, विशिष्ट अतिथि रमेश विकल साहित्य प्रतष्ठानका वरिष्ठ उपाध्यक्ष के.के. कर्माचार्य तथा अरुणिमा शैक्षिक प्रतिष्ठाका कार्यकारी प्राचार्य ईश्वरीप्रसाद लामिछानेले शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।
सो प्रतियोगिताको निर्णायक त्रय, पूर्व प्राज्ञ रविन कोइराला , प्राज्ञ कृष्णप्रकाश शाह र श्यामकृष्ण श्रेष्ठबाट प्राप्त निर्णय अनुसार प्रथम पुरस्कार सिरीकन्या चाम्लिङ राइ- अरुणिमा सेकेन्डरी स्कुल, द्वितीय संचित श्रेष्ठ-स्वर्ण शिक्षा ईंग्लिश स्कुल, तृतीय कृष्ण शाह- सर्बनाम शिक्षालय र सान्त्वना पुरस्कार युजेन तामाङ - अरुणिमा सेकेन्डरी स्कुल बौद्धले प्राप्त गरेका थिए ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि, कार्यकारी प्राचार्य लामिछाने, रमेश विकल साहित्य प्रतिठानका महासचिव विजय चालिसे तथा सभापतिको आशनबाट गोपाल बराल, निर्णायक समितिका प्रतनिधि पूर्व प्राज्ञ रविन कोइरालाले मन्तव्य राख्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस