आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

इटहरीमा चल्यो बिजुली बस


  • आफ्नै खबर
  • २०८१ आश्विन २, बुधबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • सुनसरी/  नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो । 

    इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ भएको हो । 

    नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० रुपैयाँ शुल्क तोकिएको छ । गत साउन २२ गते ६ करोड ३६ लाख ८६ हजार रुपैयाँमा उपमहानगरपालिकाले बस खरिद गरेको हो । अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहजरूपमा यात्रा गर्नसक्ने छन् ।

    -रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु