आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

तनहुँमा पनि स्ट्रबेरीखेती


  • आफ्नै खबर
  • २०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • तनहुँ/  ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ । गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाले स्ट्रबेरीखेती सुरु गरेको हो । 

    गाउँपालिकाका कृषि प्राविधिक प्रवेश पण्डितका अनुसार स्ट्रबेरी प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाको लगानीमा डेढ रोपनी जग्गामा दुई हजार दुई सय ५० स्ट्रबेरीका बिरुवा रोपिएका छन् ।  परीक्षणका रूपमा खेती गरिएको हो । 

    परीक्षणका रुपमा तीन प्रजातिका बिरुवा रोपिएको छ । केहीमा रासायनिक र केहीमा जैविक मल हालेर बिरुवा रोपिएको बताउँदै उहाँले भन्नुभयो, ‘कुनचाहिँ राम्रो हुन्छ परीक्षण गर्छौँ र त्यसैअनुरुप खेती विस्तार गर्नेछौँ ।’ ऋषिङको हावापानी स्ट्रबेरीका लागि सुहाउँदो भएकाले प्रतिफल पनि राम्रो हुने प्राविधिक पण्डितको विश्वास छ । अपेक्षाअनुसार उत्पादन भएमा खेती विस्तार गरिने उहाँले बताउनुभयो ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु