१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

रावा बैंक र निओ रेमिट तथा युनाईटेड रेमिट बीच रेमिटान्स भुक्तानी सम्झौता 



  • आफ्नै खबर
  • ११ असोज २०८१ शुक्रबार (२ महिना अघि)
  • पाठक संख्या ३७
  • काठमाडौं/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकलाई सहज सेवा दिने उद्देश्यले निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) तथा युनाईटेड रेमिट प्रा.लि. संग सम्झौता गरेको छ । 

    सम्झौता अनुसार बिश्वका जुनसुकै देशबाट निओ रेमिट तथा युनाईटेड रेमिटमार्फत पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २९४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ । 

    यो सम्झौताले दूर दराजमा रहेका ग्राहकहरुले पनि सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै उक्त रेमिटबाट सोझै खातामा जम्मा हुने गरी पठाएको रकम पनि भुक्तानी प्राप्तकर्ताको खातामा जम्मा हुनेछ । 

    सम्झौतामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट विभागीय प्रमुख ऋषिराम ढकाल र निओ मनि ट्रान्सफर प्रा.लि.(नियो रेमिट) का प्रमुख कार्यकारी अधिकृत सागर खनालले हस्ताक्षर गर्नुभएको थियो । साथै युनाईटेड रेमिटका तर्फबाट सुदनसिंह सिलवालले हस्ताक्षर गर्नुभएको थियो । 

    बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका दुई सय ९४ शाखा, तीन सय १२ एटिएम, ९९ शाखा रहित बैंकिङ सेवा, ७३ एक्स्टेन्सन काउण्टर, क्युआर कोड, प्वाइन्ट अफ सेल, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्युआर टेलर लगायतका सेवा प्रदान गर्दै आएको जनाएको छ । 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?