१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ०.५० प्रतिशत प्रिमियममै ‘प्रदेश विशेष कृषि कर्जा’ 



  • आफ्नै खबर
  • १४ असोज २०८१ सोमबार (२ महिना अघि)
  • पाठक संख्या ५६
  • काठमाडौं/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा प्रदेश विशेष कृषि कर्जा प्रदान गर्ने भएको छ । बैंकले अधिकतम पाँच करोड रुपैंयासम्म एक प्रदेश एक विशेष कार्यक्रम अन्तर्गत यो कर्जा प्रदान गर्न थालेको हो । 

    कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्ने जनाइएको छ ।

    कोशी प्रदेशमा अलैंची, मधेश प्रदेशमा माछा, बाग्मती प्रदेशमा कुखुरा, गण्डकी प्रदेशमा फलफुल, लुम्बिनी प्रदेशमा पशुपालन, कर्णाली प्रदेशमा जडिबुटी र सुदूर पश्चिम प्रदेशमा केरा खेतीलाई विशेष कृषि उपज निर्धारण गरी बैंकले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गर्ने बैंकले जनाएको छ । यो कर्जा अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने जनाइएको छ । 

    आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने यो कर्जामा खुद व्यापारिक सम्पत्तिको अधिकतम ७० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ । ग्राहकले सञ्चालन गर्ने कृषि परियोजना नै धितोको रुपमा रहने छ भने आवश्यकता अनुसार घर÷जग्गा समेत धितो सुरक्षणको रुपमा स्वीकार गर्न सकिने र कर्जाको बीमा गरिने उल्लेख छ । 

    यो कर्जा देशैभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट पाइने छ । हाल बैंकले देशका ७७ वटै जिल्ला सदरमुकाम सहित दुई सय ९४ शाखा, तीन सय १२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टरमार्फत सेवा दिइरहेको जनाएको छ । 

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?