काठमाडौं/ नेपाल बैंक लिमिटेडले बजारको माग र चाहना बमोजिम नेपालको बैंकिङ बजारमा सर्वाधिक न्युन ब्याजदर ७.७० मा ने.बै.लि. सर्वसुलभ आवास कर्जा ल्याएको छ । बैंकले घर
खरिद, नयाँ घर निर्माण, घर मर्मत, सम्भार, जिर्णोद्वार तथा अन्य बैंकको कर्जा खरिद र अपार्टमेन्ट समेत खरिद गर्न सक्ने योजना ल्याएको हो ।
बैंकले पाँच वर्षदेखि २५ वर्षसम्मको भुक्तानी अवधि तोकि सेवा शुल्कमा अधिकतम ३३.३३ प्रतिशतसम्म छुट प्रदान गरेर पाँच लाखदेखि अधिकतम दुई करोड रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ ।
यसका अतिरितm बैंकले ने.बै.लि.समृद्ध व्यवसाय कर्जा, ने.बै.लि.अटो लोन लगायत विभिन्न कर्जाको ब्याजदर समेत उल्लेख्य प्रतिशतले घटाएको जनाएको छ । कर्जा सिमा १० करोड रुपैयाँसम्म रहेको ने.बै.लि.समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत रहेको र व्यवसायिक ग्राहकहरुले चालुपूँजी तथा स्थिरपूँजी व्यवस्थापनको लागि यो कर्जा उपभोग गर्न सक्ने जनाइएको छ ।
त्यसैगरी नयाँ गाडी खरिदको लागि ५ र ७ वर्ष भुक्तानी अवधि राखि बैंकले प्रवाह गर्ने ने.बैं.लि. अटो कर्जाको व्याजदर हाल ७.७८ प्रतिशत रहेको छ ।
बैंकले देशभरमा दुई सय २९ शाखा, ६० एक्स्टेन्सन काउण्टर र दुई सय पाँच एटिएम काउण्टरबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस