काठमाडौं/ हास्यव्यंग्यकार स्व. भैरव अर्यालको स्मृतिमा स्थापना गरिएको भैरव पुरस्कार हास्यव्यंग्यकार लक्ष्मण गाम्नागेलाई प्रदान गरिने भएको छ । असोज १९ शनिवार गाम्नागेलाई पुरस्कार
प्रदान गर्न लागिएको हो ।
गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा रहेको भैरव स्मृति भवनमा आयोजना गर्ने विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिने आयोजक भैरव पुरस्कार गुठीले जनाएको छ । यसका साथ स्व. भैरव अर्यालको स्मृतिमा स्थापना गरिएको भैरव वाङ्मय पुरस्कार चुडामणि गौतम र भैरव प्रतिभा पुरस्कार लक्ष्मी गिरीलाई प्रदान गरिने जनाइएको छ ।
२०४६ सालदेखि प्रदान गर्न थालिएको भैरव पुरस्कारको रकम एक लाख ११ हजार एक सय ११ रुपैयाँ रहेको छ । त्यस्तै, भैरव वाङ्मय पुरस्कार एक लाख एक हजार एक सय ११ रुपैयाँ र भैरव प्रतिभा पुरस्कार ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस