१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २५ लाख सहयोग  



  • आफ्नै खबर
  • १९ असोज २०८१ शनिबार (२ महिना अघि)
  • पाठक संख्या ४८
  • काठमाडौं/  नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालै परेको अविरल वर्षाको कारण काठमाडौ उपत्यका लगायत मुलुकभर बाढी, पहिरो र डुवान पिडितलाई सहयोगार्थ आर्थिक सहयोग गरेको छ । 

    बैंकले अविरल वर्षाका कारण ठूलो धनजनको क्षती भएकोमा विपतको यस्तो दुखद घडीमा खोज, उद्धार र राहतमा केही सहयोग पुगोस् भन्ने हेतुले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले उक्त सहयोग रकम बराबरको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको हो । 
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?