१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

पर्वत र म्याग्दी जोड्ने सडक धमाधम कालोपत्र हुँदै



  • आफ्नै खबर
  • ३० असोज २०८१ बुधबार (२ महिना अघि)
  • पाठक संख्या ४३
  • म्याग्दी/  बेनीदेखि पर्वतको जलजला गाउँपालिकाको माझफाँट–लेकफाँट हुँदै अन्नपूर्ण गाउँपालिका–८ नागी–राम्चेसम्म पुग्ने सडक धमाधम कालोपत्र भइरहेको छ । सङ्घीय सरकारको ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’ आयोजनाअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाजदेखि लेकफाँट खण्डमा कालोपत्र गरिएको हो । 

    जलजला गाउँपालिका–३ का वडाध्यक्ष एकीन्द्र खत्रीले मल्लाजको भुरतुलास्थित स्वास्थ्य चौकीदेखि भुवानीपानीसम्म १.४ किलोमिटर कालोपत्र भइसकेको सडकको थप दुई किलोमिटर पनि कालोपत्र गर्न ‘प्राइम’ र ‘फस्ट कोट’ विच्छ्याइएको जानकारी दिनुभयो । 

    माझफाँटको भुरतुलादेखि लेकफाँटको गिद्धेश्वर क्षेत्रसम्मको ७.८ किलोमिटर सडक स्तरोन्नतिसहित डिबिएसडी प्रविधिको कालोपत्र गर्न ३३ करोड रुपैयाँमा सम्झौता भएको उहाँले बताउनुभयो । 

    दुई लेनको सडकमा एक किलोमिटरभन्दा वढी ढलान भइसकेको छ । ६.८ किलोमिटर विस्तारका साथै संरक्षण पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण पनि पूरा भएको छ । गिद्धेश्वरतर्फ एक किलोमिटर सडक फराकिलो बनाउन बाँकी छ । 

    यसैबीच, बेनी–भुरतुला खण्डको अप्ठ्यारो ठाउँको सडक ढलानसहित स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन भएको योजना कार्यान्वयनको चरणमा रहेको जलजला गाउँपालिकाले जनाएको छ ।

    -रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?