आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

साफ महिला च्याम्पियनसिप आजदेखि


  • आफ्नै खबर
  • २०८१ कार्तिक १, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/  सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ । 

    प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।

    उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्ने
    एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । 

    प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु