१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु



  • आफ्नै खबर
  • ४ कात्तिक २०८१ आईतबार (१ महिना अघि)
  • पाठक संख्या ४५
  • कञ्चनपुर/  कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित गैलनदीमा बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल बुद्धिचाल महासङ्घ, काठमाडौँ स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका–८ को संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । 

    प्रतियोगिता संयोजक नारायणदास गमालले तीन विधामा प्रतियोगिता सञ्चालन भइरहेको जानकारी दिनुभयो । ‘तीनवटा विधामा प्रतियोगिता सञ्चालन भइरहेको छ’, उहाँले भन्नुभयो, ‘प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनसिप र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुनेछ ।’ 

    उहाँका अनुसार तेस्रो नोकोसको क्लासिकल खेल स्वीस सिस्टम लिगमा आधारित ६० मिनेट प्लस ३० सेकेण्ड प्रतिचाल नौ राउण्डको हुनेछ । त्यसैगरी र्यापिड स्वीस लिगकै १५ मिनेट प्लस १० सेकेण्ड प्रतिचालको नौ राउण्ड र ब्लिट्ज स्वीस लिगकै तीन मिनेट प्लस दुई सेकेण्ड प्रतिचालको नौ राउण्डमा हुनेछ ।

    प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्यापियनसिपको प्रथम पुरस्कार २५ हजार रुपैयाँ सहित २० खेलाडीलाई कुल ८३ हजार पाँच सय रुपैयाँ, दोस्रो राष्ट्रिय र्यापिड बुद्धिचाल च्याम्पियनसिपमा प्रथम पुरस्कार ३० हजार रुपैयाँसहित अन्य २० खेलाडीलाई कुल एक लाख ३१ हजार पाँच सय रुपैयाँ र तेस्रो नेकोस राष्ट्रव्यापी फिडेरेटिङ बुद्धिचाल प्रतियोगितामा प्रथम पुरस्कार ६० हजार रुपैयाँसहित २५ खेलाडीलाई दुई लाख ५५ हजार रुपैयाँ नगदका साथै प्रमाणपत्र र मेडल उपलब्ध गराइने छ । 

    प्रतियोगिताका संयोजकका अनुसार ६५ खेलाडीलाई कुल चार लाख ७० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिने अयोजकले जनाएको छ ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?