काठमाडौं/ ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच सहकार्य सम्वन्धी समझदारी भएको छ । स्वीच एसिया ग्रान्ट प्रोग्राम अन्तर्गत युरोपियन युनियनको आर्थिक सहयोगमा ‘बिल्डिङ इनर्जी इफिसिएन्सी इन नेपाल’ (बिन) प्रोजेक्ट अन्तर्गत दिगो आवास भवन निर्माणका लागी ऊर्जा कुशल प्रविधी तथा अभ्यासहरु प्रवर्धनको लागि समझदारी भएको हो ।
समझदारीमा बैंकका ग्रीन एण्ड सस्टेनेबल बैंकिङ्ग प्रमुख असिम कर्माचार्य र युनिभर्सिटी अफ इन्ज्ब्रक, अष्ट्रियाको प्रतिनिधी तथा बिन प्रोजेक्ट प्रमुख डा. ड्यानियल नेयरले हस्ताक्षर गर्नुभएको छ ।
बैंकले दिगो आवास प्रवर्द्धन गर्न ‘ग्रीन होम लोन’ विशेष कर्जा योजना लागु गर्दै आएको छ । बैंकका अनुसार, यस समझदारीले प्राविधिक क्षमताको अभिवृद्धि गर्न र दिगो तथा ऊर्जा कुशल भवनहरूको प्रवर्द्धन गर्न सहयोग पुर्याउनेछ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर लावान्भित गर्दै आएको छ ।
बैंकले हाल ७७ वटै जिल्लामा तीन सय ५४ शाखा, तीन सय ८४ एटिएम, दुई सय ५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर का साथै ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस