३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

ग्लोबल आइएमईले सौर्य विद्युत परियोजनामा लगानी गर्ने 



  • आफ्नै खबर
  • ५ कात्तिक २०८१ सोमबार (९ महिना अघि)
  • पाठक संख्या १२३

  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेड र प्राइम पावर लिमिटेडबीच सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशीष गर्गले हस्ताक्षर गरेका हुन् ।  

    समझदारी अनुसार प्राइम पावर लिमिटेडले ३० मेगावाट क्षमताको सौर्य विद्युत परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी संचालन गर्ने उल्लेख छ । 

    हस्ताक्षर पछि प्राइम पावरका अध्यक्ष गर्गले यस परियोजनाद्वारा उत्पादित विद्युत खरिदका साथै चनौटा स्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रशारण लाइनमा विद्युत जोड्नका निमित्त नेपाल विद्युत प्राधिकरणसँग कम्पनीको सम्झौता भइसकेको जानकारी गराउनु भयो । 

    यस परियोजनामा संलग्न लगानीकर्ता समुहद्वारा विभिन्न ५ सौर्य परियोजनाअन्तर्गत ५६ मेगावाट कूल जडित क्षमताको आयोजनाहरुमा समेत लगानी रहेको हुँदा यस समुह सौर्य उर्जा क्षेत्रमा नेपालकै अग्रणी समुह भएको दावी गरिएको छ । नेपालमा सञ्चालित सौर्य परियोजनाहरु मध्ये उक्त परियोजना सौर्य उर्जाअन्तर्गत विद्युत क्षेत्रको सबैभन्दा ठुलो क्षमताको परियोजना भएको जनाइएको छ । 

    बैंकले नविकरणीय र हरित उर्जा उत्पादन, प्रशारण तथा वितरणमा आफ्नो लगानी प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सौर्य तथा जलविद्युतमा सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्दै आएको जनाएको छ । 

    हाल बैंकले ७७ वटै जिल्लामा तीन सय ५४ शाखा, तीन सय ८४ एटिएम, दुई सय ५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरका साथै तीन वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिंदै आएको जनाएको छ ।