आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

बीपी राजमार्ग २४सै घण्टा सञ्चालनमा


  • आफ्नै खबर
  • २०८१ कार्तिक ७, बुधबार मा प्रकाशित १ साल अघि
  • ३ पाठक संख्या
  • काभ्रेपलाञ्चोक मङ्गलबारदेखि बीपी राजमार्गमा २४सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ । बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ ।

    यसअघि बाढीपहिरोका कारण बीपी राजमार्गमा असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म राति १० घण्टा सवारीसाधन चलाउन बन्द गर्ने निर्णय गरेको थियो । उक्त खण्डमा सुख्खा पहिरो तथा खोला बगरमा ट्रयाक भएको, तथा बिभिन्न स्थानमा सडक साघुरो भएकोले सवारी साधन चलाउन रोक लगाइएको थियो ।

    सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गर्दै मङ्गलबारदेखि धुलिखेल-भकुण्डेबेसी सडकखण्डमा २४सै घण्टा सवारीसाधन चलाउन पाइने जनाएको हो ।

    धुलिखेल-भकुण्डे खण्डमा २४ सै घण्टा सवारीसाधन सञ्‍चालनमा आएपनि चौकीडाँडा-बर्खेखोलासम्म बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन चलाउन रोकिएको डिभिजन सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

    अविरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब ८ किलोमिटरभन्दा बढी सडक पूर्ण रुपमा बगाएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु