१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

ग्लोबल आइएमई र क्यानाडाको आईसीआईसीआई बैंक बीच सहकार्य



  • आफ्नै खबर
  • ८ कात्तिक २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या १०८
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बंैकिङ्ग सेवासम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सु्रेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मडीपत्लाले हस्ताक्षर गरेका हुन् । 

    सम्झौता अनुसार नेपालबाट अध्ययनका लागी क्यानाडा जाने विद्यार्थी, स्थायीरुपमा क्यानाडा बसाई सरी जाने आप्रवासी, तथा फेडरल स्किल्ड वर्करहरुले आईसीआईसीआई बैंक क्यानाडाको बिभित्र बैकिङ्ग सेवा उपभोग गर्न तथा क्यानाडाबाट नेपालमा रेमिट्यान्स पठाउन÷प्राप्त गर्न सहज हुनेछ ।

    ग्लोबल आइएमई बैंकले हाल देशको ७७ वटै जिल्लामा तीन सय ५४ शाखा, तीन सय ८४ एटिएम, दुई सय ५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर का साथै ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको छ । 

    आईसीआईसीआई बैंक क्यानाडामा भारतको निजी क्षेत्रको अग्रणी बैंक आईसीआईसीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । आईसीआईसीआई बैंक क्यानाडाले क्यानाडा बंैकिङ्ग ऐन अन्तर्गत त्यहाँका धेरैजसो राज्य र क्षेत्रहरूमा प्रत्यक्ष सेवा प्रदायकका रूपमा कारेबार गर्दै आइरहेको छ ।