१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार



  • आफ्नै खबर
  • ८ कात्तिक २०८१ बिहिबार (१ महिना अघि)
  • पाठक संख्या ३८
  • भक्तपुर/  बागमती प्रदेशका १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट ठहरिएको छ । 

    बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।

    मुख्यमन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री किरण थापाले अस्पताललाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको अस्पतालकी निर्देशक डा. सुमित्रा गौतमले बताउनुभयो । समीक्षा बैठक बुधबार समापन भएको हो । 

    भक्तपुर अस्पतालले यसअघि पनि उत्कृष्टताको पुरस्कार प्राप्त गरेको थियो । अस्पतालले प्रदेश सरकारको बजेटमा आगामी महिनादेखि एमआरआई सेवा सञ्चालन गर्ने डा. गौतमले जानकारी दिनुभयो ।

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?