१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

बजाजको योजना ‘पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ’



  • आफ्नै खबर
  • ९ कात्तिक २०८१ शुक्रबार (१ बर्ष अघि)
  • पाठक संख्या १५२
  • काठमाडौं/  नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको योजना शुरू गरेको छ । योजना अन्तर्गत जुन सुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाईकल साटा–साट गर्न सकिने जनाइएको छ ।  

    हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि का निर्देशक अभिमन्यु गोल्छाले बजाज बाईकको लोकप्रियता र ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै योजना शुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्दछौ ।’

    भण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रम अन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रम अन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीको दावी छ ।

    योजना यही कार्तिक ८ गतेदेखि शुरू भइसकेको कम्पनीले जनाएको छ ।