१० मंसिर २०८२ बुधबार | 26 Nov 2025 Wed

इन्स्ट्यान्ट क्यासमार्फत ग्लोबल आइएमई बैंकमा पैसा पठाउन सकिने 



  • आफ्नै खबर
  • १४ कात्तिक २०८१ बुधबार (१ बर्ष अघि)
  • पाठक संख्या १४०
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक र इन्स्ट्यान्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ । 

    सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन ।

    युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्ट्यान्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसरी युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरी रहेको आइएमई लिमिटेडको ५० हजार भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिने बैंकले जनाएको छ । 

    ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

    बैंकले देशका ७७ वटै जिल्लामा तीन सय ५४ शाखा कार्यालय, तीन सय ८४ एटिएम, दुई सय ५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरका साथै तीन वटा बैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिंदै आएको जनाएको छ । 

    बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।