३ भदौ २०८२ मंगलबार | 19 Aug 2025 Tue

९६औँ विकल जयन्ती सम्पन्न 



  • आफ्नै खबर
  • १९ कात्तिक २०८१ सोमबार (१० महिना अघि)
  • पाठक संख्या २७६
  • काठमाडौ/  गोकर्णेश्वर नगरपालिकामा रहेको रमेश विकल साहित्य प्रतिष्ठानमा ९६औँ  विकल जयन्ती मनाइयो । 

    विकलको साहित्यिक छत्रछायाँमा आफू मात्र नभएर यस भेगका थुप्रै मान्छेहरुले सत्चरित्र निर्माण गर्न सकेको कुरा कार्यक्रमका प्रमुख अतिथि संघिय साँसद् तथा प्रतिनिधि सभा, अर्थ ब्यवस्था समितिका सभापति सन्तोष चालिसेले बताउनु भयो । पाछिल्लो पुस्तालाई सत्मार्गमा लाग्न प्रोत्साहन गरिरहने कीर्तिशेष आख्यानकार विकलको समाज सेवी ब्यक्तिवको पाटो बारे प्रकाश पार्दै ४० को दशकमा काठमाडौ उत्तर पूर्व भेगमा विकलको नेतृत्वमा भएका नाटक प्रदर्शनी र आफू पनि त्यसको पात्र भएको रोचक प्रसँग पनि सुनाउनु भयो । 

    कार्तिक महिनाको वर्षादले प्रतिष्ठानको प्राङ्गणमा आयोजना हुन नसकेर सागुरो कक्षमा खांदिएको उक्त गहकिलो कार्यक्र प्रति लक्षित गर्दै चालिसेले सभा कक्ष निर्माणमाका लागि शहरी बिकास मन्त्रालय मार्फत ५० लाखको बराबरको अनुदान पारित गराउन पहल गरेको जानकारी गराउनु भयो ।

    त्यस्तै, बिशिस्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका  प्रमुख दीपक रिसालले आफ्नो कार्यकाल भित्र विकलका सम्पूर्ण कृतिलाई एकत्र गरी सँरक्षण गर्न सघाउने हेतुले यो वर्ष पनि रमेश विकल समग्र खण्ड अन्तर्गत वहाँका बाल साहित्यको प्रकाशनार्थ नगरको वार्षिक बजेटमा रकम छुट्याइएको बताउनु भयो । 

    विशेष वक्ता पूर्व राजदूत, समालोचक रमेशप्रसाद खनालले विकलको साहित्यिक तथा सामाजिक ब्यक्तित्वको बारेमा प्रकाश पार्दै जन स्तरबाट स्थापित रमेश विकल साहित्य प्रतिष्ठानलाई साहित्यिक धामका रुपमा चित्रित गर्नु भयो । 

    अर्का विशेष वक्ता पूर्व सचिव तथा समालोचक गोपी मैनालीले विकलका कृतिलाई विदेशी भाषामा अनुवाद गर्ने कार्यलाई पनि जोड दिन आवश्यक रहेको बताउदै भन्नु भयो, "सर्जक कृतिमा बाँच्दछ; पाठकको हृदयमा अमरत्व पाउछ।" 

    प्रतिष्ठानका उपाध्यक्ष, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्यको सभापतित्व, कोषाध्यक्ष शाम्ब चालिसेको स्वागत तथा  प्रतिष्ठानको महासचिव, साहित्यकार तथा पूर्व पत्रकार विजय चालिसेको धन्यवाद मन्तव्य रहेको उक्त कार्यक्रमको सन्चालन महेन्द्र चालिसेले गर्नु भएको थियो । 

    कार्यक्रमको विहानको सत्रमा संबिधान सभा सदस्य तथा वाग्मती प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयाँलको आतिथ्यमा विकल चोक, आरुबारीमा रहेको अर्ध कदको सालीक तथा रमेश विकल साहित्य प्रतिष्ठानको प्राङगणमा रहेको पूर्ण कदको सालीकमा माल्यार्पण गरिएको थियो ।