४ भदौ २०८२ बुधबार | 20 Aug 2025 Wed

ग्लोबल आइएमईका ग्राहकलाई यती एयरलाइन्समा क्यासब्याक 



  • आफ्नै खबर
  • २१ कात्तिक २०८१ बुधबार (१० महिना अघि)
  • पाठक संख्या १०५
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक पाउने भएका छन् । योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित पाँच सय रुपैयाँ क्यासब्याक पाउने भएका हुन् ।  

    बैंकका ग्राहकहरु तथा ग्राहक परिवारका सदस्यहरुले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा/काट्दा ‘फ्लाइयती’ प्रोमो कोड प्रयोग गरी पाँच सय रुपैयाँ क्यासब्याक पाउने जनाइएको छ । ग्राहकहरुले यो प्रोमो कोड ३ पटकसम्म प्रयोग गर्न सक्ने तथा क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहने उल्लेख छ । 

    बैंकले हाल देशका ७७ वटै जिल्लामा कुल तीन सय ५४ शाखा, तीन सय ८४ एटिएम, दुई सय ५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर का साथै तीन वटा बैदेशिक प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको जनाएको छ ।