आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

दराजबाट सामान किन्दा नेपाल बैंकका ग्राहकलाई छुट 


  • आफ्नै खबर
  • २०८१ कार्तिक २५, आईतबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • काठमाडौं/ नेपाल बैंक लिमिटेडका ग्राहकले अनलाइन ई कमर्स प्लेटफर्म दराजमार्फत सामान किन्दा छुट पाउने भएका छन् । छुट दिने सम्वन्धमा बैंक र दराज केयमु प्रा.लि. बिच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरूलाई दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

    बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको जनाएको छ । बैंकका निक्षेपकर्ताहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५ प्रतिशत वा अधिकतम दुई हजार रुपैयाँ सम्म छुट हुने उल्लेख छ । 

    त्यस्तै, क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा २० प्रतिशत वा अधिकतम दुई हजार पाँच सय रुपैयाँ बराबरकोे छुट प्राप्त गर्न सकिनेछ । 

    मङ्सिर ७ गतेसम्म लागू हुने योजनामा छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरूमा सम्पर्क गरी ग्राहकहरूले आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न तथा डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।  

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु