१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

विद्यालयमा पढाइसँगै ‘हामी सक्छौँ हामी गर्छौं’ कार्यक्रम



  • आफ्नै खबर
  • २८ कात्तिक २०८१ बुधबार (३ हप्ता अघि)
  • पाठक संख्या २८
  • तनहुँ/  तनहुँको बन्दिपुर गाउँपालिकामा पढाइसँगै सीपको विकास गर्ने उद्देश्यसहित ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

    गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमअनुसार विद्यालयका विद्यार्थीलाई ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख भीमप्रसाद लामिछानेले जानकारी दिनुभयो । 

    गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनका लागि कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरू कम्तीमा ३० देखि ५० जनाको समूहलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

    विद्यालयले उक्त कार्यक्रममा पेन्टिङ, हाउस वाइरिङ, प्लम्बिङ तथा कपाल काट्ने लगायतका सीपमूलक तालिम कम्तीमा एक महिनासम्म सञ्चालन गर्न सक्ने गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताउनुभयो । 

    विद्यार्थीहरूका लागि गुणस्तरीय सिकाइलाई प्रभावकारी बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । थापाले उक्त कार्यक्रमका माध्यमबाट पढ्दै गरेका विद्यार्थीहरू आगामी दिनमा बेरोजगार बन्न नदिन साथै उद्यमशीलाको विकास गरी स्वरोजगार बन्न सक्ने उल्लेख गर्नुभयो । 

    थापाले भन्नुभयो, ‘विद्यार्थीको सीपले व्यवहार परिवर्तन हुनुका साथै अभिभावकको शिक्षामा गर्नुपर्ने आर्थिक लगानीको दायित्व घट्ने विश्वास व्यक्त गरिएको छ ।’

    –रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?