आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

चिनियाँ दूतावासले दियो छत्रपाटी निःशुल्क चिकित्सालयलाई दुई विद्युतीय सवारी


  • आफ्नै खबर
  • २०८१ मंसिर ८, शनिबार १ साल अघि
  • ३४ पाठक संख्या
  • काठमाडौं/  चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाईे विद्युतीय सवारी साधन उपलब्ध गराएको छ । हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल छिमेकीसँगै अन्तर्राष्ट्रिय समुदायसँग मैत्रीपूर्ण सम्बन्ध राखेर अघि बढिरहेको भन्दै दूतावासको सहयोग दुई देशबीचको सम्बन्धका कडीका रुपमा रहेको बताउनुभयो । 

    उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकामा आभार प्रकट गर्नुभयो । समुदायलाई चिकित्सा सेवा उपलब्ध गराउन क्लिनिकका रुपमा स्थापना भएको सो चिकित्सालयले सुविधा सम्पन्न अस्पतालकै जस्तो सेवा उपलब्ध गराउँदै आएको उहाँको भनाइ थियो । 

    नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै दुई देशबीच विविध क्षेत्रमा सहकार्यबाट महत्वपूर्ण नतिजा हासिल भइरहेको बताउनुभयो । 

    उहाँले छत्रपाटी निःशुल्क चिकित्सालयले सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकामा खुसी व्यक्त गर्नुभयो । उक्त अवसरमा काठमाडौँस्थित चिनियाँ दूतावासले उपलब्ध गराएको विद्युतीय सवारी साधन हस्ताक्षरण गरिएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु