१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘ड्रागन फ्रुट’ बेचेरै वार्षिक १५ लाख



  • आफ्नै खबर
  • ९ मंसिर २०८१ आईतबार (७ दिन अघि)
  • पाठक संख्या ४१
  • सिन्धुपाल्चोक/  चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाउँदै हुनुहुन्छ । 

    ६ रोपनी जग्गामा ३० लाख रुपैयाँ लगानी गरेर खेती सुरु गर्नुभएका उहाँले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गर्नुभएको छ । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उहाँ बताउनुहुन्छ । 

    विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुट का लागि गरेमा वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म कमाउन सकिने उहाँको सुझाव छ । 

    जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उहाँले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाउनुभएको हो । वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो पाँच सय रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेको छ । 

    चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि चार लाख रुपैयाँसहयोग गरेको छ । एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

    –्ररासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?