काठमाडौं/ सरकारले भन्सार दर घटाएपछि सुन र चाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकामा आज घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँ कायम भएकामा आज घटेर आज एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ । प्रतितोला चाँदीको मूल्य एक सय १५ रुपैयाँ घटेको हो ।
सुन आयातमा २० प्रतिशत भन्सार लाग्दै आएकामा त्यसलाई घटाएर १० प्रतिशत बनाइएको छ । त्यस्तै, चाँदीको १५ प्रतिशत भन्सार लाग्ने गरेकामा त्यसलाई पनि पाँच प्रतिशत बिन्दुले घटाएर १० प्रतिशत कायम गरिएको छ ।
उच्च भन्सार दरका कारण भारतबाट नेपालमा सुन तस्करी भएको भन्दै सरकारले भन्सारदर घटाएको थियो ।
प्रतिक्रिया दिनुहोस