१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

‘सिविन–नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित



  • आफ्नै खबर
  • १२ मंसिर २०८१ बुधबार (४ दिन अघि)
  • पाठक संख्या ४८
  • काठमाडौं/  यसवर्षको ‘सिविन–नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित भएको छ । बालअधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा नगरपालिकाले अतुलनीय काम गरेको जनाउँदै सिविन नेपालले सम्मान गरेको हो । 

    नगरपालिकाले जोखिममा रहेका बालबालिकाको आपत्कालीन सहयोगका लागि ‘बालकोष’ स्थापना गरेर सेवा प्रदान गरिरहेको छ । साथै नगरपालिकाले आफ्ना १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकेको जनाइएको छ । 

    चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले सम्मान ग्रहण गर्दै आगामी दिनमा बालअधिकार संरक्षण तथा प्रवर्द्धनका लागि थप आवश्यक नीति बनाई कार्यान्वयन गरिने जानकारी दिनुभयो ।  

    चन्द्रागिरि नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालका अनुसार नगरपालिकाले आफ्नो सेवालाई बालमैत्री बनाउने नीति अबलम्बन गरेको छ । सम्मानपत्रमा ‘बालअधिकार संरक्षण तथा प्रवर्द्धनमा चन्द्रागिरि नगरपालिकाको प्रतिवद्धता र काम अन्य स्थानीय सरकारका लागि पनि अनुकरणीय रहेको’ भनिएको छ ।

    –रासस

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?