१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

नेपाल बैंकका ग्राहकलाई सिद्धि पोलीमा छुट  



  • आफ्नै खबर
  • १३ मंसिर २०८१ बिहिबार (३ दिन अघि)
  • पाठक संख्या ५१
  • काठमाडौं/  नेपाल बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले काठमाडौंको डिल्लीबजार स्थित सिद्धि पोली प्याथ ल्याब प्रा.लि. द्वारा प्रदान गरिने विभिन्न सेवाहरूमा बिशेष छुट पाउने भएका छन् । छुट दिने विषयमा बैंक र ल्याब बिच सम्झौता भएको हो । 

    सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी एवं ग्राहकलाई सिद्धि पोली प्याथ ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरूमा लाग्ने शुल्कमा १० प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको छ ।  

    सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र ल्याबको तर्फबाट प्रमुख वित्त अधिकृत सुजन प्रधानले हस्ताक्षर गरेका थिए । 

    सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले क्लिनिकबाट प्रदान गरिने बायोकेमेष्ट्री, हेमाटोलोजी, इण्डोक्रोनोलोजी, आइक्रोवायोलोजी, इन्फेक्सियस डिजिज, हेपाटाइटिस, एचआइभी, टिओआरसिएच प्यालेल्स, सेरोलोजी, अंकोलोजी, इसिजी, इको टेष्ट, डिजिटल एक्स–रे, अल्ट्रासाउण्डजस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन सक्ने जनाइएको छ ।   
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?