२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

इलाम गोल्डकपको तयारी पूरा



  • आफ्नै खबर
  •     (५ महिना अघि)
  • पाठक संख्या ७९
  • इलाम/  दश लाख रुपैयाँ पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताउनुभयो ।

    बाह्र हजार  दर्शक अटाउने प्यारापिट, मञ्चलगायतका सम्पूर्ण तयारी पूरा भएको तथा प्रतियोगितमा भाग लिन डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) र सङ्कटा क्लब इलाम आइसकेका छन् । 

    प्रतियोगितमा भिड्ने त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, दार्जिलिङको जिटिएका खेलाडी आउन बाँकी छ । 

    स्पर्धामा आयोजक रेड हर्स क्लब पनि सहभागी हुनेछ । उक्त क्लबले गत वर्ष पहिलोपटक प्रतियोगिता आयोजना गरेको थियो । विजेताले उपाधिसहित नगद १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ ।

    –रासस