काठमाडौं/ बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा. लि. ले बजाजका मोटरसाइकल नागरिकताको आधारमा मात्रै फाइनान्स मार्फत खरिद गर्न सकिने स्कीम लिएर आएको छ । मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रकृयालाइ अझ सरल होस भनि आफ्ना ग्राहकहरुको लागि यो स्कीम ल्याएको कम्पनीले जनाएको छ ।
यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्भटहरुलाइ हटाएर ग्राहकले नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्ने जनाइएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९ प्रतिशत ब्याजदरमै यो सुविधा पाउन सक्नेछन् ।
यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुमहरुमा उपलब्ध सबै मोडलहरुमा लागू हुने कम्पनीले जनाएको ।
प्रतिक्रिया दिनुहोस