आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

पर्यटकीय गन्तव्य बन्दै डम्फु पार्क


  • आफ्नै खबर
  • २०८१ मंसिर २६, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • रामेछाप/  सुनापति गाउँपालिकाले निर्माण गरेको डम्फु पार्क गाउँपालिकाकै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ ।

    सुनापति गाउँपालिका–४ बेथान र वडा नम्बर ३ हिलेदेवीको सङ्गमस्थल सेल्फी डाँडामा निर्माण गरिएको डम्फु पार्कमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । 

    पार्कभित्र निर्माण गरिएको डम्फु र टुङ्ना अनि यो पार्कबाट देखिने दृश्य अवलोकनका लागि पार्कमा मानिस आउने गरेका छन् । लुभ–बेथान–हिलेदेवी–गाल्वा सडकअन्तर्गत सेल्फी डाँडा सडकसँग जोडिएको पार्कमा अहिले फोटो खिच्ने, टिकटक बनाउने, पर्यटकीय गन्तव्य सैलुङ, दोलखाको गौरीशङ्कंर हिमाललगायत क्षेत्रको दृश्यावलोकन गर्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

    तामाङ समुदायको बाहुल्यता रहेको यो ठाउँमा गाउँपालिकाले २१ लाख रुपैयाँ बजेट खर्च गरी तामाङ जातिको संस्कृति झल्किने गरी तीन वर्षअघि डम्फु पार्क निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष ठूलो कान्छा तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले निर्माण गरिएको हो ।’

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु