१  २०८२ बिहिबार | 15 Jan 2026 Thu

जापानले हुम्लामा बनाइदियो बालगृह



  • आफ्नै खबर
  • २७  २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या १८५
  • काठमाडौं/  जापान सरकारको एक करोड ३५ लाख रुपैयाँ अनुदानमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । 

    बुधबार त्यहाँ आयोजित कार्यक्रममा नेपालस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गर्नुभयो ।

    उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने क्षमता छ । नवनिर्मित भवनमा स्थानीय समुदायले तालिमलगायत गतिविधि सञ्चालन गर्नसक्ने जापानी राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।