३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

दुनाटपरीले महिलालाई स्वरोजगार बनाउँदै



  • आफ्नै खबर
  • २८ मंसिर २०८१ शुक्रबार (७ महिना अघि)
  • पाठक संख्या १३५
  • दाङ/  यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् ।  दुनाटपरी बेचेरै उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् । 

    घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका सात जनाले  उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन्  । सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताउनुभयो । 

    सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताउनुभयो । उहाँले भदौयता दुई हजार दुनाटपरी बिक्री गरेर १० हजार रुपैयाँ आम्दानी गरेको बताउनुभयो । उहाँमात्र होइन उहाँको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन् ।  

    सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गराँै भन्ने सोच भएका महिलालाई छनोट गरेर सीपमूलक तालिम दिएको बताउनुभयो । महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत सीपसहितको बीउपुँजी पनि उनीहरूलाई प्रदान गरिएको छ ।

    घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले महिलालाई आत्मनिर्भर बनाउन पालिकाले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    –रासस