काठमाडौं/ शाओमीले नेपालमा शाओमी साउन्ड आउटडोर स्पिकर सार्वजनिक गरेको छ । अत्याधुनिक विशेषताहरूले भरिपूर्ण यो स्पिकरले पार्टी आयोजना गर्दा होस् वा एक्लै विश्राम लिँदा होस् यसले शक्तिशाली अडियो, लामो समयसम्मको प्रदर्शन र मजबुत टिकाउपनाको सुनिश्चितता प्रदान गर्ने दावी सहित कम्पनीले सार्वजनिक गरेको हो ।
शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै नवीन, टिकाउ र स्टाइलिस उत्पादन प्रदान गर्ने लक्ष्यका साथ शाओमी साउन्ड आउटडोर स्पिकर नेपाली बजारमा ल्याएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसको मजबुत विशेषता र किफायती मूल्यले नेपालमा आउटडोर अडियो अनुभवलाई नयाँ परिभाषा दिनेमा हामी ढुक्क रहेका छौँ ।’
विशेषता
शाओमी साउन्ड आउटडोर स्पिकरले रेड डट डिजाईन अवार्ड जित्न सफल भएको जनाइएको छ । थियो । १९७x६८x६६ मिलिमिटरको आकार र ५९७ ग्राम तौल रहेको यो स्पिकर ब्ल्याक (ओरेन्ज ह्यान्डल), रातो र नीलोमा उपलब्ध रहेको जनाइएको छ ।
३० वाटको अडियो आउटपुट र डुअल प्यासिभ वुफर समावेश रहेको शाओमी साउन्ड आउटडोर स्पिकरले ६० हर्जदेखि २० किलोहर्जसम्मको फ्रिक्वेन्सीमा उत्कृष्ट अडियो अनुभव प्रदान गर्ने उल्लेख छ । ब्लुटुथ ५.४ कनेक्टिभिटीलाई सर्पोट गर्ने यो स्पिकर सजिलै अन्य डिभाइससँग कनेक्ट हुने र कल सपोर्टको सुविधा पनि यसले प्रदान गर्ने कम्पनीको भनाइ छ ।
अझै ठूलो अडियो सेटअपको लागि प्रयोगकर्ताहरूले दुई स्पिकरलाई स्टेरियोको रूपमा पेयर गर्न पनि सक्नेछन् वा पार्टी माहोल बनाउन यो स्पिकरलाई १०० वटासम्मका स्पिकरलाई लिंक गर्न सकिने उल्लेख छ ।
यसको ब्याट्रीले एक पटकको चार्जमा १२ घण्टासम्म प्लेब्याक प्रदान गर्ने कम्पनीको दावी छ । यसको मुल्य ६ हजार तीन सय रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस