गोरखा/ गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ । उक्त सेवा अन्तर्गत गर्भवतीलाई सुत्केरी हुन अस्पताल ल्याउनेदेखि कसैको मृत्यु भएमा अत्येष्टिका लागि आवश्यक सहयोग रहेका छन् ।
‘गर्भवतीलाई नवजात शिशु जन्माउन निःशुल्क अस्पताल पुर्याइदिने र सुत्केरी भएपछि घरसम्म ल्याइदिने काम नगरपालिकाले गर्दै आएको छ’, नगरप्रमुख कृष्णबहादुर रानामगरले भन्नुभयो, ‘नगरवासीको निधन भएमा अन्त्येष्टिका लागि घाटमा आवश्यक पर्ने दाउरासम्म पनि नगरपालिकाले निःशुल्क उपलब्ध गराउँदै आएको छ ।’
नगरपालिकाले गोरखा अस्पतालको विभिन्न सेवा सहित आयुर्वेदिक तथा आँखाको उपचार निःशुल्करुपमा गर्नसक्ने व्यवस्था मिलाएको छ ।
–रासस
प्रतिक्रिया दिनुहोस