३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

नक्सालको बाइकर्स क्याफेमा ‘बजाज फाइनान्स मेला २०२४’



  • आफ्नै खबर
  • ९ पुष २०८१ मंगलबार (७ महिना अघि)
  • पाठक संख्या १२४
  • काठमाडौं/  बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुष १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागेको छ । ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो । 

    फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ । त्यसैगरी ९.९९ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुने जनाइएको छ । यसका साथै प्रत्येक खरिदमा ग्राहकहरूले निःशुल्क एक्सेसरी समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

    बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकहरूको सहजता र खुशीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ ल्याएको बताउनुभयो । 

    बजाज मोटरसाइकलका ग्राहकहरूका लागि यो फाइनान्स मेला एक सुनौलो अवसर रहेकोले कार्यक्रममा सहभागी भई विशेष अफरहरूको लाभ उठाउन कम्पनीले आग्रह गरेको छ ।