आज: २०८२ माघ २९, बिहिबार | Thu, 12, Feb, 2026

नौ सय ५० परिवारलाई सुधारिएको चुलो


  • आफ्नै खबर
  • २०८१ पौष १०, बुधबार मा प्रकाशित १ साल अघि
  • ४ पाठक संख्या
  • चितवन/  सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारिएको चुलो निःशुल्क वितरण गरेको छ ।

    इच्छाकामना गाउँपालिका–१ का तीनवटा चेपाङ बस्तीका छ सय ५० घर र रत्ननगरका तीन सय परिवारलाई सुधारिएको चुलो वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले बताउनुभयो । मङ्गलबार रत्ननगर वडा नं ८ का चौधरी समुदायका ३२ परिवारलाई चुलो वितरण गरिएको उहाँले जानकारी दिनुभयो । विपन्न समुदायका महिलाको स्वास्थ्य जोगाउन चुलो वितरण गरिएको उहाँले बताउनुभयो । 

    चुलोसँगै विपन्न समुदायका बालबालिकालाई पौष्टिक आहार सर्वोत्तम पीठो तथा रत्ननगर वडा नं १ निपनी स्थित ओमशान्ति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

    –रासस
     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु