३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

ट्राफिक सुरक्षा सचेतना अभियानमा शाओमी नेपालको सहकार्य



  • आफ्नै खबर
  • १२ पुष २०८१ शुक्रबार (७ महिना अघि)
  • पाठक संख्या १२५
  • काठमाडौं/  शाओमीले ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियो मार्फत सचेतना अभियान सञ्चालन गरेको छ । शाओमीले समाजको हितप्रतिको प्रतिबद्धता अनुरुप सहकार्य गरेको हो । 

    सचेतना अभियानले ट्राफिक नियमहरूको पालना गर्नुको महत्व तथा सडक सुरक्षाको बेवास्ता गर्दा हुने गम्भीर परिणामहरूलाई विशेष जोड दिएको छ । भिडियोमा नेपालमा हुने सडक दुर्घटनाका मुख्य कारणहरू जस्तै तीव्र गतिमा सवारी चलाउनु, मद्यपान गरेर सवारी हाँक्नु, गलत ठाउँमा बाटो काट्नु, ओभरहेड पुल प्रयोग नगर्नु र सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गर्नुलाई सम्बोधन गरेका छ । 

    अभियानको मूल उद्देश्य भनेको जिम्मेवार भएर सवारी चलाउने अभ्यासलाई प्रवर्द्धन गर्नुका साथै सडक दुर्घटना र यसबाट हुने मृत्यु दर कम गर्नु रहेको कम्पनीले बताएको छ ।

    शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘शाओमीको लक्ष्य व्यापार मात्र नभई समुदायहरूको सुरक्षा र कल्याणमा योगदान पुर्याउनु पनि हो । ट्राफिक प्रहरीसँगको सहकार्यमा सञ्चालन गरिएको यो ट्राफिक सचेतना अभियान नेपालका सडकलाई सबैका निम्ती सुरक्षित बनाउने हाम्रो प्रयास हो ।’

    ट्राफिक प्रहरीबीचसंगको यो सहकार्यले सडक सुरक्षा र ट्राफिक नियमहरूको पालनाको महत्वबारे सर्वसाधारणलाई सचेत बनाउनुका साथै सडकलाई सुरक्षित बनाउन मद्दत पु¥याउने कम्पनीले विश्वास व्यक्त गरेको छ ।