२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

बुर्तिवाङमा बन्यो ५० शैय्याको अस्पताल



  • आफ्नै खबर
  • १४ पुष २०८१ आईतबार (४ महिना अघि)
  • पाठक संख्या ४५
  • बागलुङ/  ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शैय्याको अस्पताल सञ्चालन भएको छ । यसबाट निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् । 

    पचास शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताउनुभयो ।

    २०२१ सालमा दुई कोठाबाट  स्थापना भएको स्वास्थ्य संस्था ६० वर्षपछि अस्पताल बनेको हो । २०६४ सालमा जिल्ला अस्पतालमा स्तरोन्नति गर्न ३२ करोड रुपैयाँ लागतमा भौतिक पूर्वाधार निर्माण प्रारम्भ भएको थियो । 

    गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शैय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गरिने उल्लेख थियो । अस्पतालमा  पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

    –रासस