९ मंसिर २०८२ मंगलबार | 25 Nov 2025 Tue

आदर्श शिक्षाले जित्यो सातौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता



  • आफ्नै खबर
  • १४ पुष २०८१ आईतबार (११ महिना अघि)
  • पाठक संख्या ५२१
  • तनहुँ/  अन्तर देवघाट गाउँपालिका सातौं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा आदर्श  शिक्षा मावी प्रथम भएको छ । गाउँपालिकाको वडा नम्बर–५ स्थित कालिका माध्यमिक विद्यालयको प्राङ्गणमा तिन दिन सम्म सञ्चालित प्रतियोगितामा आदर्श शिक्षा मावी देवघाट २ खाल्टेले सवैभन्दा वढी पदक जितेको हो । 

    आदर्श शिक्षाले आठ स्वर्ण, पाँच रजत, तीन कास्यसहित प्रथम स्थान हासिल गरेको हो । त्यस्तै कालिका मावी देवघाट–५ ले ६ स्वर्ण, चार रजत सात कास्यसहित द्वितिय स्थान र बज्रयोगिनी मावी देवघाट–५ ले चार स्वर्ण, पाँच रजत, तीन कास्यसहित तृतीय स्थान हासिल गरेको छ । 

    प्रतियोगितामा देवघाट गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरु आदर्श शिक्षा मावि देवघाट–२ खाल्टे, कालिका मावी देवघाट–५ क्युदी, बज्रयोगिनी मावी देवघाट–५, पार्वती मावी देवघाट–१ कोटा, कालीगंगा देवघाट–२, भृकुटी मावी देवघाट–३ साराङ्घाट, वालकेश मावी देवघाट–३ छिपछिपे, राष्ट्रिय मावी देवघाट–४ काफलडाँडा र सिद्धमहाकाली मावी देवघाट–५ गरि नौ सामुदायिक विद्यालयहरुको सहभागीता रहेको थियो ।

    देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारूमगर, अतिथि देवघाट गाउँपालिका शिक्षा शाखा अधिकृत होमनाथ लामिछाने, गाउँपालिका लेखा शाखा अधिकृत सरद न्यौपाने, गाउँपालिका कार्यक्रम शाखा अधिकृत कृष्णराज पन्त लगायत विभिन्न विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

    उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियोे,भने विद्यालयका शिक्षक युवाराज साखीले कार्यक्रम सञ्चालन गरेका थिए ।