तनहुँ/ देवघाट गाउँपालिका २, खाल्टेमा न्यू प्रगतिशील युवा क्लबले माघे संक्रान्ती मेला–२०८१ आयोजना गर्ने भएको छ । तनहुँ को कर्णाली भनेर चिनिने भौगोलिक हिसाब ले विकटमा पर्ने खाल्टेमा स्थानिय ‘न्यू प्रगतिशील युवा क्लब’ले मेला आयोजना गर्न लागेको हो ।
संस्कृतिको संरक्षण र जगेर्ना गर्न स्थानीय बालबालिकाहरुको गाउने नाच्ने सिपको विकास गराउनुका साथै साथै खेलकुद को क्षेत्रलाई माथि उकास्ने र भलिबल खेलको प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
मेलामा विविध परम्परागत स्थानीय सांस्कृतिक कार्यक्रम एवम् गाउँ स्तरीय पुरूष भलिवल प्रतियोगिता का साथमा चर्चित राष्ट्रिय कलाकारहरु बाट सांगितीक कार्यक्रम हुने जनाइएको छ ।
खाल्टे साँगितीक धमाका नाम दिइएको कार्यक्रमको लागी कलाकारहरु चर्चित लोक गायक बिक्रम परियार, गायिका सरिता गुरुङ, स्थानीय गायक विष्णु मल्ल, हिपहप गायक सनम मल्ल ठकुरी र मोडल गायक राम रानाको प्रस्तुती रहने क्लवका सचिव हेमराज श्रेष्ठले जानकारी दिनुभयो ।
माघ १ गते सुरु हुने मेला ५ गते समापन गरिने आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस