२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

प्रादेशिक अस्पताललाई नगरपालिकाको कम्बल



  • आफ्नै खबर
  •     (४ महिना अघि)
  • पाठक संख्या ८९
  • सिरहा/  लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख महेशप्रसाद चौधरीेले सोमबार ती कम्बल अस्पताललाई प्रदान गर्नुभएको हो ।

    उक्त अवसरमा उहाँले गरिब तथा विपन्न बिरामीलाई शीतलहर र चिसोबाट बच्नका लागि कम्बल सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दिनानुदिन चिसो बढ्दै छ, कठ्याङ्ग्रिँदो चिसोले गरिब तथा विपन्न वर्गका बिरामीलाई थप बिरामी पर्नबाट बचाउन सहयोग पुग्छ भन्ने उद्देश्यले कम्बल वितरण गरिएको हो । यसबाट यहाँ बस्ने बिरामीले न्यानोसँग रात काट्नेछन् ।’

    शीतलहरको जोखिमले अस्पतालका बिरामीको स्वास्थ्यमा थप समस्या उत्पन्न हुनसक्ने जनाउँदै अस्पतालका प्रमुख डा. बिजेन्द्रकुमार यादवले कम्बल वितरणले बिरामीको शारीरिक र मानसिक अवस्थामा राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    उहाँले स्थानीय तहले गर्नैपर्ने सहयोग अस्पताललाई गरेको आफूहरूले महसुस गरेको धारणा राख्नुभयो । यस अस्पतालमा ६५ शय्या रहेका छन् ।

    –रासस