३१ असार २०८२ मंगलबार | 15 Jul 2025 Tue

रेड्मी नोट १४ सिरिज नेपाली बजारमा



  • आफ्नै खबर
  • १ माघ २०८१ मंगलबार (६ महिना अघि)
  • पाठक संख्या १४१
  • काठमाडौं/  शाओमीले रेड्मी नोट १४ सिरिज नेपालमा सार्वजनिक गरेको छ । अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा रेड्मी नोट १४ सिरिजका नयाँ फिचरहरू प्रस्तुत गर्दै कम्पनीले स्मार्टफोन अनुभवलाई नयाँ उचाइमा पुर्याउने तयारी भएको जनाएको छ ।

    रेड्मी नोट १४ सिरिजमा रेड्मी नोट १४, रेड्मी नोट १४ ५जी, रेड्मी नोट १४ प्रो ५जी र रेड्मी नोट १४ प्रो+ ५जी गरी ४ मोडेलहरू रहेका छन् । यी सबै मोडेलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता भएकोले ग्राहकहरूको अनुभवलाई नयाँपन दिने कम्पनीले विश्वास व्यक्त गरेको छ । 

    रेड्मी नोट १४ सिरिज सार्वजनिक कार्यक्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शाओमीको मुख्य उद्देश्य स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउनु रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेड्मी नोट १४ सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप–स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरुले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौँ ।’

    विशेषताहरू :

    रेड्मी नोट १४ प्रो+५जी
    रेड्मी नोट १४ प्रो+ ५जीको बोल्ड डिजाइन र उत्कृष्ट टिकाउपना रहेको कम्पनीले जनाएको छ । यसमा आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्स फिचर समावेश रहेको छ जसले दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्ने क्षमता प्रदान गर्दछ । 

    यसमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले उच्च स्पीड र प्रदर्शन सुनिश्चित गर्दछ । ८ जीबी+२५६ जीबी र १२ जीबी +५१२ जीबी कन्फिगरेसनमा उपलब्ध रहेको छ । 

    दुई सय मेगापिक्सेलको मुख्य क्यामरासँग ओआईएस र १६–इन–१ पिक्सेल बिनिङ प्रविधि रहेको यस मोडेलमा ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा समावेश छ । 

    ५११० एमएएचको ब्याट्री र १२० वाट हाइपरचार्ज फिचर भएको यो मोडेल छिटो चार्ज पनि हुन्छ ।  गुगलको सर्कल टु सर्च, गुगल जेमिनी, एआई इन्टरप्रेटर, एआई नोट्स, एआई रेकर्डर, एआई सबटाइटल्स, एआई फिल्म, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन सुविधा रहेको छ ।

    रेड्मी नोट १४ प्रो+ ५जी ल्याभेन्डर पर्पल, फ्रस्ट ब्लू, र मिडनाइट ब्ल्याक कलरमा ८/२५६ जीबीको ४९,९९९ रुपैयाँ र १२/५१२ जीबीको  ५४,९९९ रुपैयाँ मुल्य तोकिएको छ । 

    रेड्मी नोट १४ प्रो ५जी
    स्लिम डिजाइन रहेको रेड्मी नोट १४ प्रो ५जीमा आइपी ६८ डस्ट तथा वाटर रेजिस्टेन्स सुविधा उपलब्ध रहेको छ । 

    रहेको यस स्मार्टफोनले उच्च प्रदर्शन प्रदान गर्दछ । यो मोडल ८जीबी+२५६जीबी, र १२जीबी+५१२जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।

    ओआईएस सहितको दुई सय मेगापिक्सेलको मुख्य क्यामराले जस्तोसुकै लाइटिङमा पनि उत्कृष्ट फोटो खिच्दछ । ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा पनि रहेको छ । 

    ५११० एमएएच ब्याट्री र ४५ वाट टर्बो चार्जिङ फिचर रहेको यो स्मार्टफोनमासर्कल टु सर्च, गुगल जेमिनी, एआई ब्यूटिफाइ, एआई इरेज प्रो सिक्स र एआई इमेज एक्सपान्सन सुविधा रहेको छ ।

    रेड्मी नोट १४ प्रो ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल, र कोरल ग्रिन कलरमा ८/२५६ जीबीको  ३९,९९९ रुपैयाँ र १२/५१२ जीबीको ४४,९९९ रुपैयाँ तोकिएको छ । 

    रेड्मी नोट १४ ५जी
    यो फोनमा आइपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको छ । मिडियाटेक डाइमेन्सिटी ७०२५–अल्ट्रा चिपसेट रहेको यस स्मार्टफोन मल्टिटास्किङ, गेमिङ र एपहरू प्रयोग गर्न सहज हुनेछ ।  ८जीबी+२५६जीबी र १२जीबी+५१२जीबी कन्फिगरेसनमा उपलब्ध रहेको यो मोडेलमा ५११० एमएएचको ब्याट्री र ४५ वाटको टर्बो चार्जिङको सुविधा रहेको छ ।

    ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको यो फोनमा गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ सुविधा रहेको छ ।

    रेड्मी नोट १४ ५जी मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन रंगमा ८/२५६ जीबीको  ३०,९९९ रुपैयाँ र १२/५१२ जीबी ३५,९९९ रुपैयाँ तोकिएको जनाइएको छ । 

    रेड्मी नोट १४
    रेड्मी नोट १४ मा आकर्षक र एर्गोनोमिक डिजाइन रहेको छ । ६ एनएम प्रोसेसरमा आधारित मिडियाटेक हेलियो जी९९–अल्ट्रा चिपसेट रहेको छ । यो मोडल ६जीबी +१२८ जीबी र ८जीबी+२५६जीबी स्टोरेज कन्फिगरेसनमा उपलब्ध रहेको छ ।

    १०८ मेगापिक्सेलको मुख्य क्यामराको साथमा २ मेगापिक्सेलको डेप्थ र २ मेगापिक्सेलको म्याक्रो क्यामरा तथा २० मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । 

    ५५०० एमएएचको ब्याट्री र ३३ वाटको टर्बो चार्जिङका साथै गुगल जेमिनी थ्रि, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ जस्ता सुविधा रहेका छन् ।

    यो फोन मिडनाइट ब्ल्याक, मिस्ट पर्पल, ओसन ब्लू र लाइम ग्रिन कलरमा (६/१२८ जीबी) २४,९९९ रुपैयाँ र (८/२५६ जीबी) २७,९९९ रुपैयाँ मुल्य तोकिएको छ ।